Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शहीदनगर नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ


    आइतबार, साउन २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

    पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेक बरामद गरेको बताइएको छ ।

    इन्जिनियर चौधरीसँगै उनका साथी गुरुदेव यादव पनि पक्राउ परेका छन् । शहिदनगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार