Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा


    आइतबार, साउन २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।

    नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि छुट्टयाइएको ४ लाख रुपैयाँ बजेट एक कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको उजुरी परेपछि अख्तियारले छापा मारेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार