Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम गर्दै


    शनिबार, साउन २७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दुईवटा विषयमा नीतिगत प्रतिस्पर्धा अर्थात् पोलिसी ह्याकथन कार्यक्रम आयोजना गरेको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले युवा र नीति निर्माण प्रक्रियाबीचको खाडल हटाउन पोलिसी ह्याकाथन कार्यक्रम आयोजना गरेको जानकारी दिएृको हो ।

    प्रतियोगितामा नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेस सहमहामन्त्री जीवन परियारले जनकारी दिए ।

    अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा खुल्ला गरिएको आवेदन भाद्र ३ गते बन्द हुने, भाद्र पाँच गते १० टोली छनोट हुने र भाद्र ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताए । प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गनेछन् ।

    शीर्ष तीन टोलीको अवधारणापत्र र उत्कृष्ट विचार नीति निर्माणका क्रममा ग्रहण गर्ने सहमहामन्त्री परियारले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार