काठमाडौँ । सेयर बजार परिसूचक नेप्से यो साता २३.७९ अङ्कले घटेर २ हजार ६६.०५ अङ्कको विन्दुमा झरेको छ । लगातार तीन दिन ६९ अङ्कले घटेको नेप्से सूचक अन्तिम दुई दिन ४६ अङ्कले बढेको छ । साताको पाँच दिन नै खुलेको बजारमा कूल १३ अर्ब ३० करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता ३९ अङ्कले घटेको बजारमा ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनायो।
यस साता सबैभन्दा बढी हाइड्रोपावर समूहको ३९ करोड ५५ लाख ८३ हजार १२६ रुपैयाँ बराबरको १३ लाख ८७ हजार ३९२ कित्ता सेयर किनबेच भएको छ । यस्तै, कमर्सियल बैंकहरुको ३३ करोड ३३ लाख ४ हजार १६६ रुपैयाँ बराबरको १० लाख ९० हजार ४०२ कित्ता सेयर किनबेच भएको छ भने, होटल तथा पर्यटन समूहको २८ करोड ८ लाख ५ हजार ९२८ रुपैयाँ बराबरको ५ लाख ११ हजार ५८४ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा कम यस साता कर्पोरेट डिभेन्चरको जम्मा ७ लाख ९३५ रुपैयाँ बराबरको ८१० इकाई मात्र किनबेच भएको छ ।
मार्केट क्यापिटलाइजेशन १० अर्ब ४५ करोडले घट्यो
नेप्से सूचक २३ अङ्कले घट्दै गर्दा यो साता यता मार्केट क्यापिटलाइजेशन (बजार पुँजीकरण) १० अर्ब ४५ करोड रुपैयाँले घट्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार मार्केट क्यापिटलाइजेशन ५३ अर्ब २९ करोडले घटेर ३० खर्ब ७१ अर्ब ६४ करोड २० लाख रुपैयाँ कायम भएको थियो । थप यो साता १० अर्ब ४५ करोड १० लाख रुपैयाँले घट्दै ३० खर्ब ६१ अर्ब १९ करोड १० लाख रुपैयाँमा झरेको हो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend