Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बुबाको हत्या गर्ने ६० वर्षीय छोरा पक्राउ


    शुक्रबार, साउन २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । बुबा माइतसिं घलानको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ६० वर्षीय दिलबहादुर घलान रहेका छन् ।

    शुक्रबार मध्याह्न जितपुर सिमरा उपमहानगरपालिकास्थित वडा नम्बर १६ को टाँगीया बस्तीका दिल बहादुरले घरायशी विवादका क्रममा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार