Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम दुई अर्बमाथि 


    बिहिबार, साउन २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन आज नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। यसदिन नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो।

    सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेर ३९४.१५ विन्दुमा पुगेको छ। यसदिन २६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भयो।

    बुधबार ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको थियो। सो दिन १ अर्ब ८८ करोड ८३ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

    अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.०९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सोल्टी होटलको १६ करोड ९५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

    यसैगरी अपर तामाकोशी हाइड्रोपावरको ११ करोड मूल्य बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्दा ५ को घट्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार