काठमाडौं । अवकाश हुन ४९ दिन मात्र बाँकी रहेका सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले कमाउधन्दालाई तीव्रता दिएका छन् । २०८० असोज ११ मा अवकाश हुन लागेका उनले मन्त्रालय मातहतका विभाग र कार्यालयका प्रमुखदेखि इन्जीनीयरसँग समेत असुली आतंक सृजना गरेका छन् । अवकाशको मुखमा रहेका कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिंदा कतिसम्म तल्लोस्तरमा गिरेर काम गर्दछन् भन्ने दृष्टान्त सहरी विकास मन्त्रालयका सचिव श्रेष्ठले प्रस्तुत गरेका छन् । सहरी बिकास तथा भवन विभागअन्तर्गतका सबइन्जीनीयर पोष्टिङ गर्दासमेत उनले दररेट तोकेर घुस असुल्न मन्त्रालयका शाखा अधिकृत डिल्ली श्रेष्ठ र रमाकान्त अर्याललाई परिचालन गरेका छन् ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख प्रदीप परियार र डिल्ली श्रेष्ठमार्फत् उनले विभागका सब इन्जीनीयर र इन्जीनीयर सरुवा र पदस्थापनमा दररेट तय गरेका छन् । कमजोर नेतृत्व क्षमता भएका सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले पद जोगाउनका लागि अवकाशको मुखमा रहेका सचिवको कमाउधन्दालाई साथ दिन उनका हरेक चाहना पूरा गर्दैआएका छन् । भवन विभाग अन्तर्गतका सबइन्जीनीयरको पोष्टिङ गर्नका लागि सचिवका विश्वासपात्र शाखा अधिकृत डिल्ली श्रेष्ठ र रमाकान्त अर्यालले ५० हजार रुपैयाँसमेत घुस माग्ने गरेको आरोप छ ।
त्यसैगरी, इन्जीनीयर २ लाख, सघन सहरी तथा भवन आयोजनाका प्रमुख(डीई)सँग ५ देखि १० लाख घुसको दररेट तय गरिएको छ । प्रशासन महाशाखा प्रमुख प्रदीप परियारमार्फत् सचिवले सहरी विकास मन्त्रालयमा कमाउधन्दा संचालन गरिरहेको आरोप छ । आर्थिक बर्ष समाप्त भएपछि भवन विभाग, स्थानीय पूर्वाधार बिभाग(डोली), अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण जस्ता निकायबाट समेत उनले हरेक ठेक्काको बजेट अनुसार पीसी(पर्सेन्ट अफ कमिसन) मागेर हैरान बनाएका छन् । यसअघिका सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य कांग्रेसकै नेताजस्तो प्रस्तुत भएकाले मन्त्री सीता गुरुङले उनलाई हटाएर रविन्द्रनाथ श्रेष्ठलाई ल्याएकी थिइन् । अवकाशको मुखमा सहरी विकास जस्तो अरबौं बजेट भएको मन्त्रालय पाएका उनले त्यसपछि मन्त्री गुरुङलाई समेत वाइपास गर्दै कमाउधन्दालाई अगाडि बढाउँदैआएका छन् ।
अर्थमन्त्रालयले चालु आर्थिक बर्षदेखि फजुल खर्च रोक्नका लागि हरेक मन्त्रालयलाई समीक्षा गोष्ठी कार्यालयमै गर्न, होटलमा नगर्न निर्देशन दिएको छ । आर्थिक बर्षको अन्तिममा हुने समीक्षा गोष्ठी लाखौं खर्च गरी महंगा होटलमा गर्ने क्रम बढेपछि अर्थमन्त्रालयले रोक लगाएको हो । तर अर्थमन्त्रालयको निर्देशन बिपरीत काठमाडौं उपत्यका विकास प्राधिकरणले आज(बुधबार) कुपण्डोलको हिमालय होटलमा लाखौं खर्च समीक्षा गोष्ठी गर्दैछ । सहरी विकास मन्त्रालयका सचिव श्रेष्ठकै आतिथ्यमा समीक्षा गोष्ठी गर्न लागेको हो । यसअघि शुक्रबार (साउन १९ गते) सहरी विकास तथा भवन विभागले गैरीधाराको एलिस रिसेप्सनमा फजुल खर्च गरेरै गरेको थियो । सहरी विकास विभागको आफ्नै भव्य हल छ । तर विभागले समीक्षा गोष्ठी एलिसमा गरेको थियो । समीक्षा गोष्ठीलाई देशभरबाट आएका सघन सहरी तथा भवन आयोजनाका प्रमुखहरुबाट कमिसन उठाउने मेलोका रुपमा पनि सहरी विकासका कर्मचारीले लिने गरेका छन् ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीका पीए राजेश बज्राचार्यसँग सेटिङ गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका श्रेष्ठ अहिले पनि बालकोटकै योजनामा चल्ने गरेका छन् । काभ्रे घर भएका उनीबिरुद्ध सडक विभागको महानिर्देशकदेखि भौतिक सचिव हुँदा नै अकूत सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । उनी अख्तियारमा पटक पटक बयान दिनसमेत गइसकेको स्रोतले बताएको छ ।
यसैबीच, सचिव श्रेष्ठका विश्वासपात्र सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव प्रदीप परियारले गरेका अनियमितताका बिषयमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । अख्तियारमा २०८० असार २६ मा उजुरी परेको थियो । आयोगले परियारका बिषयमा काटेको पत्र प्रधानमन्त्री कार्यालय हुँदै मन्त्रालयमा पुगेको छ भने केन्द्रले सिधै मन्त्रालयलाई पठाएको छ ।
प्राविधिकहरुको बाहुल्य रहेको सहरी विकास मन्त्रालयमा प्रशासन समूहका परियार हावी भएका छन् । यसबाट प्राविधिक समूहका सहसचिवहरू हतोत्साहित भएका छन् । ‘प्राविधिक सहसचिवहरु यति डोमिनेट कहिल्यै थिएनन्’–एक सहसचिवले गुनासो गरे ।
३५ जना सहसचिवको दरबन्दी रहको सहरीमा २ वटा विभाग (सहरी विकास तथा भवन विभाग र स्थानीय पूर्वाधार विभाग) तथा ९ वटा निकाय छन् । काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत ९ वटा निकाय मन्त्रालयकै मातहत छन् ।
यी निकायलाई प्रभावकारी रूपमा काम गराउन मन्त्रालयमा प्रशासन हेर्ने सहसचिव अनुभवी चाहिन्छ तर परियार प्रशासन क्षेत्रमा कम अनुभव भएका सचिव हुन् ।
त्यस्तै, सचिव श्रेष्ठले सरुवामा रकम असुलीमा परिचालन गरेका रमाकान्त अर्याल यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत थिए । उनी त्यहाँ हुँदा गैरकानुनी रुपमा भिजिट भिसामा दुबई जस्ता मुलुकमा नेपाली युवाहरुलाई पठाएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेका अर्यालका बिरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ । सर्वोच्चमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेका अर्याललाई सचिवलले सहरीमा पनि घुस असुलीमै लगाएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend