Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करीको अनुसन्धान गर्न जिल्ला अदालतले दियो सीआईबीलाई अनुमति


    सोमबार, साउन २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले संगठित सुन तस्करीको अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ । राजश्व अनुसन्धान विभागले यसअघि उच्च अदालत पाटनबाट पाएको म्यादलाई आज काठमाडौ जिल्ला अदालतले मिलान गर्दै सीआईबीलाई २७ गतेसम्मको समय प्रदान गरेको हो ।

    एक क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सुरु गरिसकेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम गठन गरेर अनुसन्धान सुरु गरेको हो ।

    सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार