Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटियो


    आइतबार, साउन २१ २०८०
    3.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । शारदा नगरपालिका-१४ माल्नेटा ढारखानीकी करिब ४७ वर्षकी प्रमिला गिरीको आज गाउँ नजिकै मकैबारीमा शव फेला परेको हो ।

    आज बिहानै घरबाट घाँस काट्न गएकी महिला घर नआएपछि परिवारले खोजी गर्दा मकैबारीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार