Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा पहिरो खस्दा बाबुछोरीको मृत्यु


    आइतबार, साउन २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–५ मा गएराति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

    प्रहरीका अनुसार शनिबार करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।

    सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छन् । उनको प्राथमिक उपचार गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार