Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरसको त्रासले गाउँ पसेकाहरु कृषि कर्मतिर


    सोमबार, चैत्र १७ २०७६
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं , चैत १७ । लगभग दुई  महिनाअघि चीनको बुहान प्रान्तबाट फैलिएको  कोरोना भाइरस कोभिड  १९ को त्रास विश्वभर फैलिपछि नेपालमा पनि लकडाउनको घोषणा  भयो । यो त्रासबाट बच्न चैत १० सम्म घरजानेको लर्को प्राय सबै बसपार्कमा देखिएको थियो । कति ठाँउमा त भिडलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनले बल प्रयोग गर्नुपरेको थियो । आपत बिपतमा आफ्नो घर, आफु जन्मेको भुभाग भन्दा प्यारो अन्त  हुने भन्दै अध्ययन र रोजगारीको  खोजीमा गाँउबाट सहर पसेकाहरु दुःखसँग झुन्डिएर नै भए पनि गाँउ पसे ।  सहरमा अध्ययन र रोजगारीको खोजीमा आएका मात्र नभएर लामो समय सहरबजारमै घरजम गरेर बसेकाहरु पनि आपतको बेला आफ्नो गाँउ गएका छन्।  

     

    २०५२ सालमा सुरु भएको माओवादी जनयुद्द पछि सुनसान भएका गाँउ अहिले भरिभराउ देखिन्छन् । बर्षौ बाँझै रहेका पाखा बारीे अहिले खनजोत भइरहेका छन् ।  बबई गाउँपालिका वडा नम्बर ३ दाङ स्थायी घर भएका अम्बर सापकोटा लामो समय बिदेश बसेर फर्किएका हुन् । बिदेशको कमाईले  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा पनि घर बनाई अस्थायी बसोबास गर्दै आएका सापकोटा अहिले विश्वभर फैलिएको  कोरोना भाइरसको महामारीबाट सुरक्षित रहन आाफ्नो पुख्र्यौली घर बबई गाँउपालिका गएर बषौंदेखि बाँझै रहेको बारी जोत्न ब्यस्त छन् । आफ्नो गाँउमा स्वच्छ हावापानी र ताजा खानेकुरा खाँदै आफ्नै गाँउ रमाउदा निकै आनन्द महसुस भएको बताउँछन् ।

         त्यस्तै लिखु गाँउपालिका वडा नम्बर २ रामेछाप स्थायी घर भएका माधबप्रसाद पौडेल पनि अहिले विश्वभर फैलिएको  कोरोनाको महामारीबाट सुरक्षित रहन आफ्नै गाउँमा स्वच्छ हावापानी र ताजा खानेकुरा खाँदै बुबा आमा र परिवारमा रमाउदा निकै आनन्द महसुस भएको बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार