Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी मिसनबाट फर्किने पहुँचवालालाई मुख्यालयमै मस्ती, पहुँचविहीनलाई डाँडाकाँडामा सास्ती

    गृहमन्त्री श्रेष्ठको आडमा एआईजी भण्डारीको पाँडे पँजनी


    शनिबार, साउन २० २०८०
    4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा शान्ति मिसनबाट फर्किएपछि काठमाडौैं उपत्यका बाहिर खटाउने परम्परा छ । तर त्यो नीति विपरीत मानवस्रोत विभागका प्रमुख एआइजी सन्दीप भण्डारीले मिसनबाट फर्किएकाहरुलाई प्रहरी प्रधान कार्यालयमै राखेका छन् । आइजीपी बसन्तबहादुर कुुँवरको चाहना मिसनबाट फर्किएकाहरुलाई उपत्यका बाहिर सरुवा गर्ने हुँदाहुँदै पनि भण्डारीले मिसनबाट फर्किएका डीएसपी शर्मिला गुरुङलाई प्रहरी प्रधान कार्यालयमै बस्ने अवसर दिएका छन् ।

    डीएसपी गुरुङ हालै मिसनबाट फर्किएकी हुन् । मिसनबाट फर्किएपछि अरुलाई कम्तीमा एक बर्ष काठमाडौं उपत्यका बाहिर काम गर्नैपर्ने नीति गुरुङका लागि भने लागू हुन सकेन । एआईजी सन्दीप भण्डारीले उनलाई मिसनबाट फर्किनासाथ प्रहरी प्रधान कार्यालयमै राखेको आरोप छ । हालै मिसनबाट फर्किएकी बरिष्ठ प्रहरी नायब निरीक्षक(सई) सुनिता श्रेष्ठलाई पनि प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभागमा खटाइएको छ । डीएसपी उमेश लम्सालकी श्रीमती भएकले उनलाई पनि उपत्यका बाहिर जानुनपर्ने भएको छ । उनलाई पनि पहुँचकै आधारमा मानवस्रोतका एआइजी भण्डारीले प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिएका छन् ।

    यसअघि सई निरु सुवेदीलाई पनि मिसनबाट फर्किएनासाथ ललितपुर जिल्ला प्रहरी कार्यालयको लेखापालमा सरुवा गरियो । मिसन जानुअघि पनि लेखापालमै कार्यरत उनलाई फर्किनासाथ ललितपुर जस्तो आकर्षक मानिने जिल्लाको लेखापालमा सरुवा गरिएको थियो । भर्खरै बरिष्ठ सईमा बढुवा भएकी उनी ललितपुरको लेखापालकै रुपमा कार्यरत छिन् ।

    शान्ति मिसनमा अवसर पाएकाहरुले काठमाडौं उपत्यका बाहिरका पहाडी जिल्लामा जिम्मेवारी पूरा गर्नैपर्ने नीति पहुँचबिहीनका लागि मात्र लागू हुने गरेको गुनासो छ । छोराछोरी सानै भएकादेखि विभिन्न समस्या र बाध्यतामा परेका प्रहरीलाई भने मिसनबाट फर्किएपछि उपत्यकामा कार्यरत रहन पाउँ भनी अनुनय विनय गर्दा पनि अनिवार्य रुपमा एक बर्ष बाहिर खटाउने गरिएको छ ।

    मानवस्रोतका एआईजी भण्डारीले गुरुङ, श्रेष्ठ र सुवेदीजस्ता पहुँचवालाहरुलाई प्रहरीको नीति र प्रचलन बिपरीत मिसनबाट फर्किएपछि पनि हेडक्वाटरमै राख्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेदभाव नगर्न सचेत गराउनुपर्नेमा उनकै विश्वासमा काम गर्ने गरेका छन् । ४६ इन्स्पेक्टरको बढुवामा ठूलो आर्थिक चलखेल गरी विवादितहरुसँग करोडौं रकम उठाएर मेरिटमा रहेकाहरुलाई बढुवाबाट बन्चित गराएको आरोप लागे पनि गृहमन्त्री श्रेष्ठले भण्डारीलाई च्यापेका छन् ।

    गृहमन्त्री श्रेष्ठको सचिवालयमा कार्यरत भतिजा सुरेशकाजी श्रेष्ठ र सुशन कर्माचार्यलाई कलेक्सन गरेको फण्ड बुझाएका कारण भण्डारीका जुनसुकै अनियमितता पनि काजीले आँखा चिम्लने गरेको स्रोत बताउँछ । आईजीपी र एआईजीहरुकै बिरुद्ध भण्डारीले गृहमन्त्री श्रेष्ठलाई कुरा लगाउने गरेका छन् । गृहमन्त्री नारायणकाजीको आडमा आईजीपी कुँवरको आदेश त उनले पालना नै नगर्ने गरेको प्रहरीकै अधिकारी बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार