काठमाडौं । नेपाल प्रहरीमा शान्ति मिसनबाट फर्किएपछि काठमाडौैं उपत्यका बाहिर खटाउने परम्परा छ । तर त्यो नीति विपरीत मानवस्रोत विभागका प्रमुख एआइजी सन्दीप भण्डारीले मिसनबाट फर्किएकाहरुलाई प्रहरी प्रधान कार्यालयमै राखेका छन् । आइजीपी बसन्तबहादुर कुुँवरको चाहना मिसनबाट फर्किएकाहरुलाई उपत्यका बाहिर सरुवा गर्ने हुँदाहुँदै पनि भण्डारीले मिसनबाट फर्किएका डीएसपी शर्मिला गुरुङलाई प्रहरी प्रधान कार्यालयमै बस्ने अवसर दिएका छन् ।
डीएसपी गुरुङ हालै मिसनबाट फर्किएकी हुन् । मिसनबाट फर्किएपछि अरुलाई कम्तीमा एक बर्ष काठमाडौं उपत्यका बाहिर काम गर्नैपर्ने नीति गुरुङका लागि भने लागू हुन सकेन । एआईजी सन्दीप भण्डारीले उनलाई मिसनबाट फर्किनासाथ प्रहरी प्रधान कार्यालयमै राखेको आरोप छ । हालै मिसनबाट फर्किएकी बरिष्ठ प्रहरी नायब निरीक्षक(सई) सुनिता श्रेष्ठलाई पनि प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभागमा खटाइएको छ । डीएसपी उमेश लम्सालकी श्रीमती भएकले उनलाई पनि उपत्यका बाहिर जानुनपर्ने भएको छ । उनलाई पनि पहुँचकै आधारमा मानवस्रोतका एआइजी भण्डारीले प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिएका छन् ।
यसअघि सई निरु सुवेदीलाई पनि मिसनबाट फर्किएनासाथ ललितपुर जिल्ला प्रहरी कार्यालयको लेखापालमा सरुवा गरियो । मिसन जानुअघि पनि लेखापालमै कार्यरत उनलाई फर्किनासाथ ललितपुर जस्तो आकर्षक मानिने जिल्लाको लेखापालमा सरुवा गरिएको थियो । भर्खरै बरिष्ठ सईमा बढुवा भएकी उनी ललितपुरको लेखापालकै रुपमा कार्यरत छिन् ।
शान्ति मिसनमा अवसर पाएकाहरुले काठमाडौं उपत्यका बाहिरका पहाडी जिल्लामा जिम्मेवारी पूरा गर्नैपर्ने नीति पहुँचबिहीनका लागि मात्र लागू हुने गरेको गुनासो छ । छोराछोरी सानै भएकादेखि विभिन्न समस्या र बाध्यतामा परेका प्रहरीलाई भने मिसनबाट फर्किएपछि उपत्यकामा कार्यरत रहन पाउँ भनी अनुनय विनय गर्दा पनि अनिवार्य रुपमा एक बर्ष बाहिर खटाउने गरिएको छ ।
मानवस्रोतका एआईजी भण्डारीले गुरुङ, श्रेष्ठ र सुवेदीजस्ता पहुँचवालाहरुलाई प्रहरीको नीति र प्रचलन बिपरीत मिसनबाट फर्किएपछि पनि हेडक्वाटरमै राख्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेदभाव नगर्न सचेत गराउनुपर्नेमा उनकै विश्वासमा काम गर्ने गरेका छन् । ४६ इन्स्पेक्टरको बढुवामा ठूलो आर्थिक चलखेल गरी विवादितहरुसँग करोडौं रकम उठाएर मेरिटमा रहेकाहरुलाई बढुवाबाट बन्चित गराएको आरोप लागे पनि गृहमन्त्री श्रेष्ठले भण्डारीलाई च्यापेका छन् ।
गृहमन्त्री श्रेष्ठको सचिवालयमा कार्यरत भतिजा सुरेशकाजी श्रेष्ठ र सुशन कर्माचार्यलाई कलेक्सन गरेको फण्ड बुझाएका कारण भण्डारीका जुनसुकै अनियमितता पनि काजीले आँखा चिम्लने गरेको स्रोत बताउँछ । आईजीपी र एआईजीहरुकै बिरुद्ध भण्डारीले गृहमन्त्री श्रेष्ठलाई कुरा लगाउने गरेका छन् । गृहमन्त्री नारायणकाजीको आडमा आईजीपी कुँवरको आदेश त उनले पालना नै नगर्ने गरेको प्रहरीकै अधिकारी बताउँछन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend