Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय सुनुवाइ समितिबाट ६ राजदूत सर्वसम्मतिले अनुमोदन


    बिहिबार, साउन १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको हो ।

    अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई संसदीय सुनुवाइबाट अनुमोदन भएका हुन् ।

    गत असार २६ गते मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार