Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा होटलबाट सञ्चालकसहित १० जना जुवाडे पक्राउ


    मंगलबार, साउन १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनगढी बसपार्कको कलेल होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । आज साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देवबहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेको छन् । उनीहरुको साथबाट एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी तास प्रहरीले बरामद गरेको छ ।

    उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार