Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाराबाट ५० हजार नगद रकमसहित ५ जुवाडे पक्राउ


    बुधबार, कार्तिक १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ५० हजार रुपैयाँ नगदसहित ५ जुवाडे बाराबाट पक्राउ परेका छन्।

    जीतपुर सिमरा उपमहानगर-७ स्थित जीतपुर बजारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई नगद रकम, मोबाइल र मोटरसाइकलसहित पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा जीतपुरका ५५ वर्षीय शिवचन्द्र सहनी, ६० वर्षीय लालबाबु साह, ५० वर्षीय अफताव आलम, वीरगन्ज महानगरपालिका ३२ का ४० वर्षीय विनोद पंजियार र ५२ वर्षीय मोती साह रहेका छन्।

    पक्राउ परेका ५ जनालाई म्याद थप गरेर कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार