Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सेयर बजारमा दोहोरो अंकको गिरावट


    मंगलबार, साउन १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर कारोबार साताको तेस्रो दिन आज नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो।

    सोमबार नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ विन्दुमा पु्गेको थियो। सो दिन १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

    यसदिन २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ८ करोड बढिको सेयर कारोबार गरी अपर तामाकोशी शीर्षस्थानमा रह्यो।

    यस्तै शिवम सिमेन्टको ७ करोड र सोल्टी होटलको ६ करोड बढि रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने बाँकी १ को मात्रै बढ्यो।

    म्युचुअल फण्डको ०.३५ प्रतिशतले सेयर मूल्य बढेको हो। आज १९६ कम्पनीको मूल्य घट्दा १७ को मात्रै बढ्यो। ३ उपसमूहको मूल्य भने स्थिर रहयो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार