काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यसअघिका लगातार ५ कारोबार दिनसम्म झरेको बजार सोमबार भने ५.८४ अंक बढेको हो । सो अंकको वृद्धिपछि परिसूचक नेप्से २१०६ अंकमा कायम भएको छ ।
परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । कारोबार रकम १ अर्ब ८५ करोडमा खुम्चिएको छ । आइतबार २ अर्ब ५० करोडको कारोबार भएको थियो । १११ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ७ को स्थिर रहृयो । जलविद्युत् ८ र माइक्रोफाइनान्स उपसमूह ४ अंक घटे ।
बैंकिङ ९, विकास बैंक १८, फाइनान्स २३, होटल तथा पर्यटन ३, जीवन बीमा २, उत्पादन तथा प्रशोधन २५, निर्जीवन बीमा ४ र ब्यापार उपसमूह ५६ अंक बढे । अन्य उपसमूह ०.०८ अंकमा हरियो रहृयो । बलेफी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.७ प्रतिशत बढ्यो भने विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend