Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुममा पहिरो खस्दा दुई जनाको मृत्यु, एक घाइते


    आइतबार, साउन १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको ज्यान गएको छ । बाँफिकोट गाउँपालिका-७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेको छन् ।

    प्रहरीका अनुसार उनीहरु करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका थिए । आइतबार दिउँसो पौने ३ बजे बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका बेला पहिरो ढिस्को खसेको थियो ।

    पहिरोमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री रहेका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार