काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी ४००, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाजर ११०, बन्दा लोकल १०, मूला रातो ३०, भन्टा लाम्चो २५, मकै बोडी ५०, टाटे सिमी ७०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ४०, तामा ११०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५३०, किवि ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, मालदह आँप १६०, हरियो धनियाँ १००, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०, रुख कटहर ४०, भेडे खुर्सानी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend