Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुँदै


    सोमबार, साउन ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।

    उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ । आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

    उनका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी कृषि मन्त्री बन्दै छन् । यसैगरी, कैलाश चौधरी कृषि राज्यमन्त्री बन्ने तय भएको छ ।

    मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण सम्भवतः आज दिउँसो २ बजेपछि हुने छ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा संयुक्त सरकार छ । जसमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी छन् । काँग्रेसले दुई, माओवादीले दुई र नेकपा –एकीकृत समाजवादी) ले एक मन्त्रालय लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार