काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ अङ्कमा कायम भएको छ । यो दुई दशमलव ९२ प्रतिशतको वृद्धि हो ।
चालु आर्थिक वर्ष २०८१ /८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाएका छ भने नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।
बैंकदर यथावत राख्ने, ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने र शेयर धितो कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने विषय पनि मौद्रिक नीतिमा राखिएको छ । उक्त नीतिका कारण ब्याजदर घट्ने अनुमान गरिएको छ ।
यस्तै आज दुई सय ६६ कम्पनीको एक करोड २० लाख दुई हजार तीन सय आठ कित्ता शेयर ७५ हजार ८६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार दुई सय ३२ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै विकास बैंक समूह एक सय ९५ दशमलव ३६ र होटल तथा पर्यटन समूह एक सय ७७ दशमलव २२ अङ्कले बढेको छ । बैंकिङ ६५ दशमलव ५६, वित्त ३३ दशमलव ५१, जलविद्युत् ४० दशमलव ७७ र लगानी समूह दुई दशमलव ५५ अङ्कले बढेको छ ।
त्यस्तै, जीवन बीमा समूह एक सय २५ दशमलव ५१, उत्पादन तथा प्रशोधन समूह ९२ दशमलव १५, लघुवित्त समूह ४९ दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा एक सय ५८ दशमलव ११, व्यापार एक सय २१ र अन्य समूह २२ दशमलव ३४ अङ्कले बढेको छ ।
आजको कारोबारमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइबिल ग्रोथ फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ८१ लाख ५९ हजार ३७ बराबरको कारोबार भएको छ ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend