Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिकालाई यौन हिंसा गरेको आरोपमा अमेरिकामा एक नेपाली पक्राउ


    शनिबार, साउन ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । गत जुलाई १६ मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा बालिकालाई यौन हिंसा गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नेपाली रविराज बोहरा रहेको अमेरिकी मिडिया फक्स फाइभ डिसीले उल्लेख गरेको छ । दुई पटकको यौन दुर्व्यवहारको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    फक्स फाइभका अनुसार हिंसामा परेकी बालिकाले परिवारलाई खबर गरेपछि बोहरा पक्राउ परेका थिए । १३ वर्ष मुनिकी ती बालिकालाई बोहराले जथाभाबी छोएको आरोप लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार