काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा गोप्य रूपमा अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्नुभएको हो ।
सो मस्यौदालाई मन्त्रिपरिषद्ले स्वीकृत गरी विधेयक समितिले अध्ययन गरिरहेको छ । तर, मस्यौदाको विषयमा मन्त्रालयका उच्च अधिकारीलाई जानकारी छैन । विधेयक समितिले पारित गरेपछि मन्त्रालयले सभामुखको कार्यालयमा दर्ता गराएपछि उक्त विधेयक संसदमा पेस हुनेछ । कानुनमन्त्री ५ सदस्यीय विधेयक समितिको अध्यक्ष हुने व्यवस्था छ भने अर्थ, शिक्षा, संघीय मामिला मन्त्रालयका सचिवलगायत सदस्य रहने व्यवस्था छ । प्रतिनिधि र राष्ट्रिय सभाले पनि पारित गरेपछि उक्त विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल ऐन जारी हुने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री राईले हरेक सार्वजनिक समारोहमा चालु अधिवेशनमा शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । आठ वर्षदेखि चर्चा चलेको शिक्षा ऐन ल्याउने विषय साँचो हो वा होइन भन्ने विषयमा मन्त्रालयको अधिकारी नै बेखबर छन् ।
ऐनको मस्यौदाबारे मन्त्री राईले सुटुक्क छलफल चलाइराख्नु भएको छ । दर्जनांैपटक सरोकारवालासँग छलफल गरी तयार भएको मस्यौदालाई खासै हेरफेर गर्न नपर्ने बताउनु भए पनि मन्त्रीले आफू निकट र पार्टी निकटसँग सुझाव लिएर मस्यौदा तयार गर्नुभएको हो । सरकारले यसअघि नेपाल विश्वविद्यालय ऐनलाई ल्याएजस्तै संघीय शिक्षा ऐनलाई तत्काल पारित गर्नुपर्ने आवाज उठ्न थालेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend