काठमाडौं । गैरआवासीय नेपाली संघ मलेसियाको महाधिवेशन यही जुलाई ३० मा हुँदैछ । संघको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । संघको अध्यक्षका लागि अहिलेसम्म ३ जना दाबेदार देखिएका छन् । वर्तमान अध्यक्ष विनोद थापाले थप एक कार्यकाल संघको अध्यक्ष हुने चाहना राखेका छन् । संघको अध्यक्षमा दाबी गर्नेमा सन्तोष कार्की र चप महतो भनेर चिनिने राकेश प्रसाद महतोले पनि अध्यक्षमा दाबी गरेका छन् ।
अध्यक्षमा दाबी गर्नेमध्ये महतो मलेसियाका श्रमिकबीच मिटरब्याजीका रुपमा चिनिन्छन् । मलेसियन मूलकी तमिल नागरिकसँग बैहाहिक सम्बन्ध भएकै आडमा उनले श्रमिकहरुलाई ऋण दिएर मिटरमा ब्याज लिने गरेको आरोप छ । महतोले मलेसियाबाट अबैधानिकरुपमा हुन्डीमार्फत् नेपालमा रकम पठाउने र मिटरब्याजमा लगाउने गरेका छन् । श्रमिकलाई कम्पनीले दिएको बैंककार्ड पिन नम्बर समेत लिने र तलव बैंकमा दाखिला गर्नासाथ आफैं निकाल्ने गरेका छन् ।
नेपालमा महतोले आर.के. सप्लायर्स र आर. के. एण्ण्ड सन्स सन प्रालि कम्पनी संचालन गरी ब्याजमा पैसा लगानी गर्ने गरेका छन् । पैसाकै बलमा एनआरएनको नेतृत्व मा पुग्ने खेलमा महतो लागेका छन् । २३ बर्षदेखि मलेसियामा बसोबास गरिरहेका महतो बारा जिल्लाको महागढीमाई नगरपालिका, वडा नं १, बरियारपुरका हुन् ।
मलेसियाको जोहोरवारु राज्यमा महतोको खाद्यान्न पसल छ, त्यही खाद्यान्न पसलबाट नेपाली श्रमिकले आवश्यक सामान लिने गरेका छन् । पैसा आवश्यक पर्नेलाई मिटरब्याजमा लगानी गर्ने गरेका छन् । श्रमजीवीका मुद्दा उठाउने गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको बारेमा सामान्य ज्ञान समेत नभएका महतोले अध्यक्षमा दाबी गरिरहेका छन् ।
मलेसिया नेपाली युवाहरुको रोजगारीको प्रमुख गन्तब्य मुलुक हो । मलेसियामा गैरआवासीय नेपाली संघको प्रमुख प्राथमिकता त्यहाँका श्रमिकहरुको हक अधिकार स्थापनामा केन्द्रित हुने गरेको छ । तर अध्यक्षको दाबी गरिरहेका महतोले मिटरब्याजमा पैसा दिने, थर्काउने गर्दैआएका छन् । मिटर ब्याजमा पैसा लगाउने र त्यो फिर्ता गर्न केही ढिलाइ गरेको भन्दै महतोले कुटपिटसमेत गरेको श्रमिकहरुले नै रहस्य खोलेका छन् ।
श्रमिकलाई मिटरब्याजमा पैसा लगाएको, अवैध हुन्डीको कारोबार गरेको आरोपका बारेमा राकेशकुमार महतोले भने–‘एनआरएनएन मलेसियाको चुनाव जुलाई ३० मा भइरहेको छ । चुनावको बेलामा यस्ता आरोप लगाइन्छ । जुन स्वभाविक हो ।’
गैर आवासी नेपाली संघ मलेसियाको २०२३–२०२५ कार्यकालको चुनाव तयारी गरिरहँदा श्रमजीवीका मुद्दा उठान गर्दै सस्थालाई उचाईमा पुर्याएका र पुर्याउन सक्नेलाई नेतृत्व सुम्पनुपर्ने पक्षमा मलेसियाका एनआरएनए छन् । मलेसियाको एनआरएनका पूर्व पदाधिकारीले भने–‘तीन दाबेदारमध्ये श्रमिकको हकहितमा काम गर्नेलाई नेतृत्व सुम्पिनुपर्छ । श्रमिकको शोषण गर्नेहरुलाई नेतृत्वमा ल्याउँदा एनआरएनकै छवि बिग्रन्छ ।’
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend