Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कति छ आज फलफूल तथा तरकारीको मूल्य ?


    बिहिबार, साउन ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउली र गाजरको मूल्यमा निकै वृद्धि भएको छ ।

    तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा प्रतिकिलो ३० रुपैयाँ वृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।

    काउली पनि प्रतिकेजी २० रुपैयाँ वृद्धि भएको छ । स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर आज ८० रुपैयाँमा किनबेच भैरहेको छ । हिजो काउलीको न्युनतम मूल्य ६० रुपैयाँ प्रतिकेजी थियो ।

    त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य भने हिजोको तुलनामा १० रुपैयाँ घटेको छ । हिजो ४५ रुपैयाँ न्युनतमप्रति केजी मूल्य निर्धारण गरेको समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ ।

    ठूलो गोलभेँडाको न्युनतम मूल्य स्थिर छ । आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४६
    रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । दुवैको मूल्य स्थिर छ ।

    यस्तै समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ । आज लोकल गाजरको भाउ ह्वात्तै बढेको छ ।

    घिउ सिमीलो कल ४०, मूला रातो ३०, मूला सेतो लोकल २५, भन्टा लाम्चो ४०, मकै बोडी ५०, भटमास कोशा ८०, तितो करेला४०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ७०, कुरीलो २५० र स्कूस ५० रु
    पैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

    त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ । कागती ११०, अनार ३८०, आँप मालदह १५०, अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९०
    रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार