Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९० किलोभन्दा बढी सुन बरामद


    बुधबार, साउन ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलबाट करिब ९० किलोभन्दा धेरै सुन बरामद गरेको हो ।

    राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार ९० किलोभन्दा धेरै सुन बदामद भएको छ । अपरेसन जारी रहेकाले सुन अझै धेरै हुनसक्ने विभागको अनुमान छ । राजस्वले बुधबार राति बरामद गरिएको सुन अहिलेसम्मकै ठूलो परिणामको सुन रहेको अनुमान गरिएको छ ।

    विमानस्थलबाट सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरिएको हो ।

    स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागका राजस्व अनुसन्धान विभागका एक अधिकारीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार