Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल एयरलाइन्सको विमान मलेसियामा डिले भएपछि छानबिन समिति गठन


    मंगलबार, साउन २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा अक्सिजन अभावले मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएपछि उक्त घटना विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।

    निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान स्थगित भएको थियो ।

    अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले जानकारी दिएको छ।

    के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार