Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन विभाग अगाडि प्रदर्शन


    आइतबार, असार ३१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा आज अध्यागमन विभागअगाडि प्रदर्शन गरिएको छ ।

    वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागतरूपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायतका देशमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विनाकारण फर्काएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएका हुन् ।

    व्यवसायीले अध्यागमनका महानिर्देशकको राजीनामा पनि मागेका छन् ।

    अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने संघका अध्यक्ष राजेन्द्र भण्डारीले चेतावनी दिए ।

    आन्दोलनकारीहरूले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर्, अध्यागमनको ज्यादती बन्द गर्, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर्लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै विरोध जनाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार