काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्य सूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज (आइतबार) ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, भटमासकोशा, माछे खुर्सानी, कलकत्ते आँप, चुकुन्दर, न्यूरो, भिण्डी, लौका, र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ , टनेल गोलभेडा र रातो मूला ४५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज ४९ रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै, लोकल गाजर, स्थानीय ज्यापु काउली, मकै बोडी, लोकल काक्रो र ब्रोकाउली ८५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, सेतो लोकल मूला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो, तने बोडी, घिरौला, झिगूनी, घिउ सिमी, पिंडालू, रातो बन्दा, रुख कटहर, भेडे खुर्सानी र हरियो लसुन प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ।
यसैगरी, राजमा घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, टाटे सिमी र रायोको साग ९५ रुपैयाँ, हरियो फर्सी, तोरीको साग र जिरीको साग ५५ रुपैयाँ, कन्य च्याउ १६६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३४० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, तामा १२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, कागती १३३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, अकबरे खुर्सानी ४५० रुपैयाँ, किवि ८५० रुपैयाँ, अदुवा २५० रुपैयाँ र आभोकाडो ५५० रुपैयाँ पर्नेछ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend