Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवालय बैठकका एजेण्डा तय


    शुक्रबार, असार २९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले सो एजेण्डा तय गरेको हो ।

    नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफललगायत एजेण्डा तय भएको एमालेले जनाएको छ ।

    एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा उपमहासचिव र सचिवहरु रहने गर्छन् । एमाले सचिवालय बैठक शनिबार बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार