काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन प्रचण्डकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।
‘तीसको दशकमा कमरेड प्रचण्डसँगको वैवाहिक जीवनमा जोडिएपछि कमरेड सीता दाहालको पार्टी निर्माण र पार्टी हेडक्वार्टर सञ्चालनमा सकारात्मक भूमिका रह्यो । पञ्चायत र जनयुद्धकाल संकटको समय थियो । पारिवारिक जिम्मेवारी लिने र कम्युनिस्ट आन्दोलनमा जोडिने कन्ट्राडिक्सनका बीचमा पनि उहाँमा कुनै वैचारिक विचलन भएन । कम्युनिस्ट आन्दोलनप्रति सदैव निष्ठाभाव रहिरह्यो । प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी कमरेड सीता दाहालको महत्त्वपूर्ण भूमिका छ,’ उनले भने ।
दाहालको निधनले माओवादी आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको पनि गुरुङले औंल्याए । उनले भने, ‘मान्छेले त्रुटि गर्दै गर्दैन त भन्न सकिन्न । कमीकमजोरीबाट मुक्त कोही पनि हुन्न । सचेत र अनजानवश हुने भन्ने कुरा मात्र हो । तर उहाँले देश र जनता अनि कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्ने काम गर्नुभयो भन्ने लाग्दैन ।’
सीता दाहालमा जसरी पनि पदीय जिम्मेवारी लिने इच्छा, आकांक्षा नभएको पनि उनको टिप्पणी छ । दाहाल जहिल्यै पार्टी एकताको पक्षमा उभिएको पनि उनले दाबी गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend