Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने


    बिहिबार, असार २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजे बस्ने भएको हो । हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।

    संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ । जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

    त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार