Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याजकाे कालोबजारी: ७ जना व्यापारीलाई १२ लाख २० हजार जरिवाना


    बिहिबार, असोज १ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजमा कालोबजारी गर्ने व्यापारीहरुलाई जरिवाना गरेकाे छ ।

    काठमाडाैंकाे कालिमाटी, बल्खु, तिनकुनेलगायतका स्थानका ७ जना व्यापारीलाई १२ लाख २० हजार रुपैयाँ जरिवाना गरिएकाे विभागले जनाएकाे छ ।

    विभागका अनुसार उलक सब्जी भण्डार ५५ हजार, दुलाल आलु भण्डार ५५ हजार, विजेश गौतम ५५ हजार, रंजन आलु प्याज भण्डार २ लाख ५० हजार, पशुपति आलु प्याज स्टोर २ लाख ५० हजार, न्यू सापकोटा स्टोर दुई लाख ५५ हजार र आरके ट्रेर्डसलाई तीन लाख रुपैयाँ जरिवाना गरिएकाे हाे ।

    जरिवाना कारबाहीमा परेका व्यापारीहरुले खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा नखाने गरी व्यापार-व्यवसाय संचालन गर्न पाउने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार