Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्दा उठाउने विप्लवका २ विद्यार्थी नेता पक्राउ


    बिहिबार, असोज १ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । जबरजस्ती चन्दा उठाउने विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा उदपयुर त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाडौँ तार्केश्वर बस्ने २७ वर्षीय रविन केसी र रोल्पा गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौँ गोगंबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले कास्कीको पोखरा महानगरपालिका–६ हल्लन चोकबाट उनीहरूलाई पक्राउ गरेको हाे ।

    उनीहरुलाई नगद एक लाख रुपैयाँ, ४ वटा मोबाइल फोन र चन्दा उठाउन प्रयोग गरिएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) केन्द्रीय समितिका नगद रसिदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

    विप्लवको नाममा विभिन्न पसलदेखि व्यवसायीहरुलाई धम्काउँदै जबरजस्ती चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । पक्राउ परेका केसी र डाँगी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका अखिल क्रान्तिकारी सदस्य रहेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार