Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्काे वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ : भारतीय स्वास्थ्य मन्त्री


    बिहिबार, असोज १ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी ।  भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।
     
    यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गर्नुभएको र यस कार्यका लागि उहाँले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिए

    उनले अर्काे वर्षको शुरुआतदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र  देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिए। 

    उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिए । 

    उनले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार