काठमाडौं । गत वैशाखमै ब्रोकर लाइसेन्सका लागि आशयपत्र पाएका २५ कम्पनील नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ ।
बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ । बोर्डले दुई चरणमा गरी १८ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । उसले पहिलो चरणमा जेठ ८ गते ७ र दोस्रो चरणमा जेठ २२ गते ११ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरेको थियो ।
आशयपत्र पाएर पनि ब्रोकर लाइसेन्स पाउन बाँकी २५ कम्पनीमध्ये दुई कम्पनी ६० करोड रुपैयाँ पूँजी भएको पूर्ण कार्य गर्ने दोस्रो तहको सेवा प्रदान गर्ने सनी सेक्यरिटिज कम्पनी लिमिटेड र हिमालयन सेक्युरिटिज लिमिटेड हुन् ।
बाँकी २४ कम्पनी २० करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको पहिलो तहको सीमित कार्य गर्ने ब्रोकर हुन् । ६० करोड रुपैयाँ पूँजी तोकिएको पूर्ण कार्य गर्ने दोस्रो तह अन्तर्गतको कम्पनीले शेयर खरीदविक्रीसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिनेछ ।
यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend