Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याग्दी कोरोनामुक्त जिल्ला घोषित


    बिहिबार, असोज १ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • म्याग्दी । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७  कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको  प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

    एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो, तर सरुवा भएर आएका एक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजामा बुधबार नेगेटिभ आएपछि  म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।

    प्रजिअ अधिकारीकाअनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सतकर्ता अपनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार