Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • बिहीबार थपिए १२४६ जना कोरोना संक्रमित


    बिहिबार, असोज १ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ७३ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १ हजार २ सय ४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार