Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले गर्‍यो दुई सचिवको सरुवा, दुईको पदस्थापन


    बिहिबार, असोज १ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको हो । 

    सरकारको निर्णय अनुसार महालेखा नियन्त्रणका सचिव गोपी मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

    यस्तै सरकारले दुई सचिवको पदस्थापना समेत गरेको छ । 

    पदस्थापनको निर्णय अनुसार अतिरिक्त समूहमा रहेका केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमया तथा मधु मरासनीलाई महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार