Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • नक्कली बाबुछोरा बनेर नागरिकता लिन खोज्ने २ जना पक्राउ


    सोमबार, असार २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम । प्रहरीले नक्कली बाबु–छोरा बनेर नागरिकता लिन खोज्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का चेतन गजमेर, भुवनसिंह गजमेर रहेका छन् ।

    चेतनले २०६३ माघ २९ गते जन्मका आधारमा नागरिकता लिएका भुवनसिंहको छोरा बनेर सीमा प्रशासन कार्यालयमा अनुसुचीसहितको सिफारिस पेश गरेका थिए । तर, सूर्योदय नगरपालिका वडा –५ ले चेतन भुवनसिंहको छोरा नभएको जानकारी आएको भन्दै अनुसन्धान गर्न सीमा प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

    वडा कार्यालयको पत्रपछि सीमा प्रशासनले अनुसन्धान गर्दा भुवनसिंहको छोरा चेतन नभएको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

    पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार