काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहालले आज आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पारिरहेका छ्न । उनले भने,‘सम्मानित यो सदनप्रति पूर्ण निष्ठासहित म संसदमा उठेका सबै साना तथा ठूला प्रश्नको जवाफ दिँदै आएको छु, । संसद्मा उठेका प्रश्नहरुको जवाफ दिनु एउटा प्रतिनिधिसभा सदस्यको हैसियतले र प्रधानमन्त्रीको हैसियतले जिम्मेवारी ठान्दछु । एउटा पुस्तक विमोचनको सन्दर्भमा मेरो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले मुख्य रुपमा उठाएको विषयमा मेरो गम्भीर ध्यानाकार्षण भएको छ । मैले सुरुमा बोल्ने अवसरको लागि माग गरेको थिएँ । मैले सभामुखसमक्ष र राजनीतिक दलसमक्ष पनि यति गम्भीर प्रश्न उठिनै सकेपछि मैले यथार्थ के हो भनेर आफ्नो स्पष्टीकरण दिने अवसर दिने कुरा सबभन्दा ठूलो कुरा थियो ।’
प्रचण्डले राजीनामा नआएसम्म संसद् चल्न दिईनेछैन भनेर किन भनियो भनेर आफूले नबुझेको स्पष्ट पारे । उनले भने,‘के यही हो ससदीय अभ्यास ? प्रतिपक्षलाई त्यो हक छ, राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ । संसदीय अभ्यास र पद्धती के हो भनेर उहाँहरुलाई राम्रोसँग थाहा छ ।’ उनले आफू अहिले काउन्टर एट्याकको लागि सदनमा उपस्थित् नभएको पनि स्पष्ट पारे । उनले आफूले तर्कद्धारा प्रतिपक्षी दलका सांसदहरुको काउन्टर गर्न नगएको स्पष्ट पारे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend