Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिन्छौं: परराष्ट्रमन्त्री


    सोमबार, असार २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने दाबी गरेका छन् । यस विषयमा सर्वसहमति आवश्यक हुने उनको भनाइ छ ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुन्छ । यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’

    भारतीय कानुनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको उनले बताए । त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल नभएको जानकारी पनि उनले गराए ।

    भारतको ‘अग्निपथ’ योजना अनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार