अर्घाखाँची। अर्घाखाँची जिल्लामा दुई महिनादेखि किसानले पालेका पशुमा लम्पी स्किन रोग(छालामा हुने गिर्खे रोग)को संक्रमणबाट १ सय २७ वटा गाईगोरु मरेका छन् । शरीरमा फोका आउने, ज्वरो आउने र खुट्टा सुन्निने लक्षणसहित यो रोगबाट पशु मरेका हुन् ।
दुहुना, ब्याउने गाई मर्दा किसानलाई लाखौं रुपैयाँको क्षति भएको छ । पाणिनि गाउँपालिकामा ३४, शितगंगामा ३०, भूमिकास्थानमा २८, सन्धिखर्कमा १८ मालारानीमा १२ र छत्रदेवमा ५ वटा गाईगोरु मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णुप्रसाद पौडेलले बताए । यो संक्रमण रोग लागेपछि दुहुना गाईभैंसीले दूध ५० प्रतिशत घटाउने उनले बताए ।
अहिलेसम्म स्थानीय तहको पशु विकास शाखाबाट ४ हजार संक्रमित गाईभैंसीको उपचार गरिएको छ । अहिलेसम्म छत्रदेवमा ५ सय र पाणिनिमा २ सय ५० जना गाईभैंसीलाई खोप लगाइएको छ ।
‘यो संक्रमणबाट पशुलाई जोगाउने उपाय खोप हो,’ उनले भने, ‘अहिले खोप अभाव छ । मन्त्रालयमा खोप पठाइदिन माग गरेको छौं ।’ यसलाई बेलैमा खोप नलगाए महामारीको रुप लिन सक्ने उनले जानकारी दिए ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौँ। सरकारले रासायनिक मल ल्याउन बजेट छुट्याएको छ। रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेटमा वृद्धि गरी ३२ अर्ब ४६ करोड पुर्याइएको हो। रासायनिक...
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केरा खेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend