काठमाडौं । आजका लागि तय भएको सत्तापक्ष र प्रतिपक्षीबीचको छलफल स्थगित भएको छ । संवैधानिक नियुक्ति टुंग्याउन सत्तारुढ नेकपाले आज प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल तय गरेको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेसँगै छलफल स्थगित भएको हो ।
देउवाको सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती कर्मचारीमा कोरोना देखिएसँगै कन्ट्याक्ट ट्रेसिङका आधारमा देउवा आइसोलेशनमा बसेका हुन् । उनको शुक्रबार कोरोना परीक्षण गर्ने तयारी छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तय गरिएको थियो । लामो समयदेखि नियुक्ति हुन नसकेका संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउनका लागि छलफल हुन लागेको हो ।
संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । रिक्त आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि आफ्नो अडान राख्दै आएको छ । अब देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend