Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • सदन खुलाउने पहलमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली छलफलमा


    आइतबार, असार २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लगातारको संसद अवरुद्ध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भइरहेको छ ।

    संघीय संसद्मा जारी छलफल हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको हो।

    प्रधानमन्त्रीले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । रास्वपा, राप्रपालगायतले भने प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।

    प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार