काठमाडौं । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा सत्तारुढ नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति दिने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय र बहुमत पुर्याउन हस्ताक्षर दिने सभामुख बाबुराम गौतमको कदमविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।
गत शुक्रबार प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ४७ सांसदको समर्थन जुटाउन नसकेपछि सभामुख गौतमकोसमेत हस्ताक्षर बुझाइएको थियो ।
माओवादी केन्द्रका थर्फबाट सभामुख निर्वाचित भएका बाबुराम गौतमले सभामुखमा निर्वाचित भएकै दिन दल त्याग गरिसकेको कारण सरकार बनाउने र गिराउने खेलमा लाग्नु असंवैधानिक रहेको ठहरसहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमर कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend