Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी सरकारमा माओवादी सहभागी


    आइतबार, असार २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज माओवादी केन्द्र र नेपाली कांग्रेसबाट एक/एक जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री थापाले मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।

    बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक/एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन । माओवादी केन्द्र आज सरकारमा सहभागी हुँदैछ ।

    माओवादीबाट प्रदेश सांसद जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुँदैछन् । उनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार