काठमाडौं। खानेपानी मन्त्री महिन्द्र राय यादवले अहिलेको सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सफल भएको र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राजीनामा माग्दैमा कुनै पनि शर्तमा प्रधानमन्त्रीको राजीनामा नआउने दाबी गरेका छन्।
हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले नागरिकता समस्या समाधान, ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता महत्वपूर्ण विषयमा अनुसन्धान अघि बढाएको बताएका हुन् । उनले गठबन्धन सरकारको काम र लोकप्रियता प्रतिपक्ष दललाई मन नपरेर हतासको मानसिकतामा राजीनामा मागेको बताए ।
‘बहुमतको सरकार हो । कही दुनियामा यस्तो हुन्छ ? कुनै आधार हुनुपर्यो । निराधार कुराको आरोप लगाएर संसद् अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको न्याय संगत कुरा हो ? कुनै पनि शर्तमा प्रधानमन्त्रीको राजीनामा आउँदैन,’– उनले भने ।
आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि प्रचण्डले जवाफ दिनुपर्ने र त्यसका लागि समय माग भएकोसमेत उनले बताए ।
यस्तै प्रधानमन्त्री प्रचण्डले भोलि (आईतबार) आफ्नो अभिव्यक्तिबारे संसद्मा जवाफ दिने भएका छन्
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend