Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जग्गा पास गराइदिन्छु भन्दै २ करोड ठगी, दुई जना पक्राउ


    शुक्रबार, असार २२ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जग्गा पास गराइदिन्छु भन्दै २ करोड रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले छायाँ कम्प्लेसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्‍ने ५२ वर्षीय प्रफुल्ल भन्‍ने प्रमोदराज पन्त र काठमाडौं महानगरपालिका(२९ नै बस्‍ने अर्का २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।

    उनीहरूले दिपेश रत्न शाक्य बुद्धाचार्यलाई अर्काको नाममा दर्ता श्रेष्ता कायम रहेको विभिन्‍न स्थानका जग्गाहरु कानुन विपरीत हक नपुग्‍ने भन्दै व्‍यक्तिको नाममा भएको छुट जग्गा दर्ता गरी कानुन विपरीतका कागजातहरु बनाई पटक(पटक गरी २ करोड ८८ लाख रुपैयाँ लिई सम्पकर्कविहीन भएको प्रहरीले बताएको छ ।

    पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार