Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल आयल निगमले घटायाे डिजेल र मटितेलको मूल्य


    बुधबार, भाद्र ३१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

    इन्डियन आयल कर्पोरेशनले भदौ ३१ मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

    ‘राति १२ बजेदेखि डिजेल र मटितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्यअनसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ ।’

    निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार